गिरिराज कुखुरा पालन

गिरिराज कुखुरा अण्डा र मासु दुवै उत्पादनका लागि पालिने र खासगरी छाडा छोडेर र अर्धछाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरुभन्दा रोगहरुसँग लड्न सक्ने र गाउँघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करिब १ किलो र ५ महिनामा लगभग ३ किलो ३ सय ग्रामसम्म हुन्छ । यसले एक वर्षमा १८० वटासम्म अण्डा पार्दछ, एक वर्षमा सरदर ४ किलोसम्म हुन्छ । मानव उपभोगका लागि अनुपयुक्त तथा भान्छामा खेर गएका विभिन्न खाद्य पदार्थहरुको प्रयोग गरी गिरिराज कुखुराबाट राम्रो उत्पादन लिन सकिन्छ । उपभोक्ताहरुले … Continue reading गिरिराज कुखुरा पालन

के हो निपा (Nipah) भाइरस? छैन औषधी!

Image Source: Google भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्। केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका अनुसार निपा भाइरसबाट संक्रमितहरूको उपचारमा संलग्न एकजना नर्सको पनि मृत्यु भएको छ। के हो यो रोग? एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ। यो भाइरस खासगरी ‘फ्रूट ब्याट‘ भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको … Continue reading के हो निपा (Nipah) भाइरस? छैन औषधी!

आइपिएल २०१८ (IPL 2018)

आइपिएल २०१८ को फाइनलमा हैदराबादलाई हराउँदै चेन्नईले उपाधि जितेपछि एउटा नयाँ रेकर्ड बनेको छ। जुन पछिल्लो १० वर्षमा समेत बनेको थिए। च्याम्पियन चेन्नई सुपर किंग्स र सनराइज़र्स हैदराबाद यो सीजनमा चार पटक एक आपसमा खेलेका थिए। दुई पटक समूह चरढणमा, तेस्रो पटक प्लेअफ़मा र चौथो पटक फाइनलमा भिडेका थिए। सबै चारै खेलमा चेन्नई सुपरकिंग्सले हैदारावादलाई हराउँदै उपाधि उचालेको हो। यसका साथ आईपीएलको एकै सीजनमा कुनै पनि टीममाथि चारै पटक जित्ने र हार्नेको नयाँ कीर्तमान बनेको छ। हेरौ आइपिएलको ११औं संस्करणमा कस्ता कस्ता कीर्तिमान बने। गोल्डन ब्याट कसको नाममा १७ खेलबाट ८ अर्धसतकसहित ५२.२० औषतमा ७३५ रन बनाउने न्यूजिल्याण्डका कप्तान केन … Continue reading आइपिएल २०१८ (IPL 2018)

लाक्पाले राखिन् सर्वाधिक सगरमाथा महिला अारोहीको रेकर्ड

लाक्पा शेर्पाले सर्वाधिक सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छन्। उनले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाएकी हुन्। शेर्पाले ९ पटक सगरमाथा आरोहण गरेर उक्त रेकर्ड बनाएकी हुन्। ६ पटक सगरमाथा चढेकी अमेरिकी नागरिक मेलिसा आर्मोट रेडले उनलाई दोस्रो नम्बरमा पछ्याइरहेकी छन्। सन् २००० मा उनले पहिलो पटक सगरमाथा चढेकी थिइन्। यसअघि, १९९३ मा पासाङ लाहामु शेर्पाले पहिलो पटक सगरमाथा चढेकी थिइन्। सफल आरोहण गरेर भने उनले पहिलो रेकर्ड बनाएकी हुन्। उनको ३ सन्तान छन्। एक पटक त उनले सुत्केरी भएको ८ महिनामा नै सगरमाथाको आरोहण गरेकी थिइन्। त्यस्तै, २ महिनाको गर्भवती हुँदा समेत उनले आरोहण गरिन्। उनले अर्को वर्ष दोस्रो … Continue reading लाक्पाले राखिन् सर्वाधिक सगरमाथा महिला अारोहीको रेकर्ड

पल्सर स्पोर्ट्स अवार्ड-२०७४ (Pulsar Sports Award 2074)

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले हात पारेका छन्। भद्रकालीस्थिति नेपाली आर्मी अफिसर्स क्लबमा बिहिबार भएको कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरूष र महिला खेलाडीको अवार्ड हात पारेका हुन्। पुरूषतर्फ फुटबलका रोहित चन्द, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, क्रिकेटका सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्कीलाई पछि पार्दै पारसले बाजी मारेका हुन्। नेपाले पहिलो पटक एक दिवसिय मान्यता पाउँदा पारसको प्रदर्शन महत्वपूर्ण रह्यो। पारस विश्व क्रिकेट लिग डिभिजन टू मा १ शतक र १ अर्धशतक प्रहार गर्दै प्रतियोगिताको सर्वाधिक रन … Continue reading पल्सर स्पोर्ट्स अवार्ड-२०७४ (Pulsar Sports Award 2074)

Nepal thrash PNG to secure ODI status

15 March 2018 Spin twins Sandeep Lamichhane and Dipendra Airee helped Nepal sweep aside Papua New Guinea by six wickets in the ICC Cricket World Cup Qualifier play-off in Harare. Nepal have gained ODI status for the first time in their history after defeating Papua New Guinea by six wickets in the Cricket World Cup Qualifier play-off at Old Hararians Sports Club. Nepal’s bowlers laid the platform for the comprehensive win, with Sandeep Lamichhane and Dipendra Airee taking four wickets apiece to dismiss their opponents for 114 in just 27.2 overs. It was another disappointing batting display from PNG, who … Continue reading Nepal thrash PNG to secure ODI status

अलबिदा हकिङ : विश्वले सधै सम्झिरहनेछ

आधुनिक विज्ञानका ज्ञाता एवं वैज्ञानिक स्टेफन हकिङको बुधबार (March 14, 2018) मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइनका रुपमासमेत लिइन्थ्यो । आफ्नै निवास क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा हकिङले देह त्याग गरे । भौतिक विज्ञानका ज्ञाता स्टेफन हकिङ ब्ल्याक होल, हिस्ट्री अफ टाइम र थेउरी अफ एभ्रिथिङका कारण चर्चित थिए/छन् । विज्ञानका पिता अल्बर्ट आइन्सटाइनले पत्ता लगाउन नसकेका तथ्यहरु उनले पत्ता लगइदिएर सिंगो विश्वलाई आफूतिर ध्यानाकर्षित गरे । ब्रह्माण्डको इतिहास, रचना, वर्तमान अवस्था र भविष्य, समयको व्याख्यलगायतको विषयमा उनको खोजलाई विश्वले सधै सम्झिरहनेछ । हकिङले पृथ्वीमा जन्मलिइरहँदा दोस्रो विश्व युद्ध थियो । सन् १९४२ को जनवरी ८ तारिखका दिन जन्मिए । … Continue reading अलबिदा हकिङ : विश्वले सधै सम्झिरहनेछ

त्रिभुवन विमानस्थलको पहिलो मानवीय क्षतिः आठौं अन्तर्राष्ट्रिय दुर्घटना

नेपालमा विमान दुर्घटनाको इतिहासः ६९ वर्षमा ८५ दुर्घटना नेपालमा विमान दुर्घटनाको तथ्य निकै दुःखद छ । नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । सोमबार (फागुन २८) युएस बंगला विमान दुर्घटना मा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ । नेपालमा दर्ता भएका बिमान समेत जोड्ने हो भने आइतबारको यो दुर्घटना ८५ औं हो । र, त्रिभुवन विमानस्थलमै ठूलो मानवीय क्षति हुने गरी भएको यो पहिलो दुर्घटना हो । नेपालमा अन्तरराष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३११ जनाले ज्यान गुमाएका थिए । नेपाली … Continue reading त्रिभुवन विमानस्थलको पहिलो मानवीय क्षतिः आठौं अन्तर्राष्ट्रिय दुर्घटना

२३ औं विश्व आदिवासी दिवस मनाइदै

Aug 09, 2017 नेपाली आदिवासी जनजातिले २३ औं विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ । राष्ट्रसंघले तय गरेको ‘आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको दशौं वर्षगाँठ’ भन्ने नारासहित मनाउने तयारी गरिएको हो । हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि १९९४ देखि हेरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । For more: Indigenous Day Collected by SilentCSanj Continue reading २३ औं विश्व आदिवासी दिवस मनाइदै

बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक २६ र २७ साउनमा काठमाडौंमा

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक/BIMSTEC) को परराष्ट्रमन्त्रीस्तरीय बैठक २६ र २७ साउनमा काठमाडौंमाबस्ने तय भएको छ । पहिलो दिन परराष्ट्र सचिवस्तरीय उच्चअधिकारीहरूको बैठक हुनेछ भने दोस्रो दिन मन्त्रीस्तरीय बैठक बस्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको उद्घाटन गर्नेछन् । बिमस्टेकमा नेपालसहित श्रीलंका, भारत, भुटान, बंगलादेश, थाइल्यान्ड र म्यानमार सदस्य छन् । बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलनको मिति तोक्ने परराष्ट्रका अधिकारीले बताए । सम्मेलन कात्तिक÷मंसिरमा नेपालमा आयोजना गर्ने गरी तयारी भइरहेको छ, मिति भने तोक्न बाँकी छ । बैठकको पहिलो दिन २६ साउनमा बिमस्टेक उच्च अधिकारीहरूको १८औँ बैठक हुनेछ । बैठकमा बिमस्टेकमा प्रबुद्ध व्यक्ति … Continue reading बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक २६ र २७ साउनमा काठमाडौंमा